Espot Nepal Partnership
E-Spot Nepal Pvt. Ltd. र साझेदार आवेदकहरु बिच E-Spot Nepal Partnership सम्झौता गर्न दुबै पक्ष तयार
भई निम्न सर्त तथा नियमहरु पालना गर्न सहमति जनाएको छ । यस Partnership सम्झौतामा E-Spot Nepal 𝐏𝐯𝐭.
Ltd. लाई ("E-Spot Nepal") भनिनेछ र साझेदार आवेदकहरुलाई (“आवेदक वा साझेदार”) भनी सम्बोधन गरिनेछ ।
E-Spot Nepal Partnership का नियम र सर्तहरू
- आवेदकले E-Spot Nepal Partnership मा दर्ता गर्न आवेदकको कम्पनी र
अध्यक्षको आवश्यक विवरणहरु तथा
व्यापार व्यवसायको प्रकार www.espotclub.com/partnership मा लेखन गर्नु पर्नेछ ।
- आवेदकले E-Spot Nepal Partnership मा दर्ता गर्न आवेदकको कम्पनी
रजिष्ट्रार कार्यालयको प्रमाणपत्र,
आन्तरिक राजस्व विभागको प्रमाणपत्र (भ्याट वा प्यान) तथा प्रोफाइल फोटोमा कम्पनीको लोगो अपलोड गर्नु
पर्नेछ।
- E-Spot Nepal को प्रशासन विभागले आवेदन जाँच गरी E-Spot Nepal
Partnership को प्रस्ताव स्वीकार वा
अस्वीकार गर्ने निर्णय गरिनेछ ।
- E-Spot Nepal को प्रशासन विभागले आवेदकको E-Spot Nepal Partnership
प्रस्ताव स्विकृत भएमा फोन द्वारा
थप जानकारी प्रदान गरिनेछ ।
- दुबै पक्षको प्रारम्भिक सहमति भए पस्चात साझेदार काठमाडौंमा उपस्थित भई
आवश्यक प्रकृयाहरु पुरा गरी
E-Spot Nepal Partnership करार सम्झौता हुनेछ ।
- E-Spot Nepal ले आवश्यकता अनुसार साझेदारहरुको व्यापार व्यवसाय उन्नत
आधुनिक प्रणालीबाट व्यवस्थापन
गर्न तथा E-Spot Nepal को विभिन्न सेवाहरुको कार्यान्वयन गर्न काठमाडौंमा साझेदारहरुलाई निः शुल्क
तालिमहरु प्रदान गरिनेछ ।
- E-Spot Nepal ले प्रदान गर्ने सम्पुर्ण
तलिममा उपस्थिति भएका सक्षम साझेदारहरुलाई मात्र E-Spot Nepal को सेवाहरु बिक्री गर्न अनुमति स्वरूप
E-Spot Nepal Partnership Certificate प्रदान गरिनेछ ।
- E-Spot Nepal ले साझेदारहरुको व्यापार व्यवसायको प्रवर्दनको लागी
विभिन्न राष्ट्रिय स्तरको सन्चार
माध्यमबाट प्रचार प्रसार गरिनेछ ।
- १www.espotclub.com मा साझेदारहरूको सम्पूर्ण विवरणहरू समावेस गरी
वेबसाइट तथा सामाजिक संजाल मार्फत
पनि साझेदारहरूको प्रचार प्रसार गरीनेछ ।
- साझेदारहरूले ग्राहकहरूलाई E-Spot Nepal को सेवा दिन अगावै सम्पुर्ण
ग्राहकहरूलाई www.espotclub.com
मा अनिवार्य रूपमा सदस्य बनाऊनु पर्ने हुन्छ ।
- साझेदारहरुले E-Spot Nepal को सेवा प्रदान गर्दा लाग्ने सम्पुर्ण खर्च,
कार्यालय सन्चालन खर्च,
स्थानीय ठॉऊको प्रचार प्रसार खर्च र नेपाल सरकार तथा स्थानिय सरकारको कर साझेदार स्वयमले व्यहोर्नु
पर्ने हुन्छ।
- साझेदारहरूले E-Spot Nepal को सञ्चालन विभागले बनाएको मानक सञ्चालन
प्रक्रिया (Standard Operating
Procedures) अनुसार कार्यालय व्यवस्थापन गर्नु पर्नेछ तथा ग्राहकसंगको सम्बन्ध व्यवस्थापन (Customer
Relationship Management) को प्रकृया अनुसार ग्राहकहरुलाई सेवा प्रदान गर्नु पर्नेछ ।
- E-Spot Nepal ले प्रदान गर्ने कुनै पनि योजनाहरु, नितीहरु, ग्राहकको
जानकारीहरु, बजार व्यवस्थापन र
व्यापार व्यवस्थापन रणनीतिहरू साझेदारहरुले गोपनियता कायम गर्नु पर्ने हुन्छ ।
E-Spot Club Partnership
KTM Club Pvt. Ltd. को E-Spot Club र साझेदार आवेदकहरु बिच E- Spot Club Partnership सम्झौता गर्न दुबै
पक्ष तयार भई निम्न सर्त तथा नियमहरु पालना गर्न सहमति जनाएको छ । यस Partnership सम्झौतामा KTM Club
Pvt. Ltd. को E-Spot Club लाई (" E-Spot Club") भनिनेछ र साझेदार आवेदकहरुलाई (“आवेदक वा साझेदार”) भनी
सम्बोधन गरिनेछ ।
E-Spot Club Partnership का नियम र सर्तहरू
- आवेदकले E-Spot Club Partnership मा दर्ता गर्न आवेदकको कम्पनी र
अध्यक्षको आवश्यक विवरणहरु तथा
व्यापार व्यवसायको प्रकार www.espotclub.com/partnership मा लेखन गर्नु पर्नेछ ।
- आवेदकले E-Spot Club Partnership मा दर्ता गर्न आवेदकको कम्पनी
रजिष्ट्रार कार्यालयको प्रमाणपत्र,
आन्तरिक राजस्व विभागको प्रमाणपत्र (भ्याट वा प्यान) तथा प्रोफाइल फोटोमा कम्पनीको लोगो अपलोड
गर्नुपर्नेछ।
- E-Spot Club को प्रशासन विभागले आवेदन जाँच गरी E-Spot Club Partnership
को प्रस्ताव स्वीकार वा
अस्वीकार गर्ने निर्णय गर्नेछ।
- E-Spot Club को प्रशासन विभागले आवेदकको E-Spot Club Partnership
प्रस्ताव स्विकृत भएमा फोन/ईमेल
द्वारा स्विकृत भएको जानकारी प्रदान गर्नेछ ।
- यस सम्झौताको कुनै पनि अवस्था वा समयमा साझेदार तथा E-Spot Club बिच
कुनै समस्या भएमा आपसी सहमतिका
आधारमा समस्या समाधान गरीनेछ। कुनै पक्षले आफ्नो दायित्व पालना नगरेमा वा कुनै पनि कारणवश साझेदार
तथा
E-Spot Club मध्ये एक पक्षलाई सम्झौता खारेज गर्ने मनसाय भएमा ३५ दिनको अग्रीम सूचना दिई सम्झौता
खारेज
गर्न सकिनेछ
साझेदारहरूको E-Spot Club प्रति दायित्वहरू
- साझेदारले E-Spot Club का सदस्यहरुलाई प्रोत्सान गर्न विशेष छुट र
आकर्षित प्रस्ताव साथै मासिक
उपाहरको व्यवस्था गर्नुपर्नेछ।
- www.espotclub.com मा उल्लेख गरेको साझेदारको कुनै पनि किसिमको जानकारी
परिवर्तन भएमा ७ दिन भित्र
www.espotclub.com मा आफ्नो जानकारी संशोधन गर्नु पर्ने हुन्छ ।
- E-Spot Club ले प्रदान गर्ने कुनै पनि योजनाहरु, नितीहरु, ग्राहकको
जानकारीहरु, बजार व्यवस्थापन र
व्यापार व्यवस्थापन रणनीतिहरू साझेदारहरुले गोपनियता कायम गर्नु पर्ने हुन्छ ।
E-Spot Club को साझेदारहरू प्रति दायित्व
- www.espotclub.com मा साझेदारहरूको सम्पूर्ण विवरणहरू जस्तै सेवा,
वस्तु , मूल्य, ठेगाना , लोगो ,
ईमेल, फोन नंम्वर, समाचार , सुचना, कार्यक्रम , बिशेष छुट, आकर्षित प्रस्ताव, मासिक उपाहारका साथै
थुप्रै आवश्यक जानकारीहरू समावेस गरी वेबसाइट मार्फत साझेदारहरूको व्यापार व्यवसाय प्रवद्र्धनको
लागि
निः शुल्क प्रचार प्रसार गरीनेछ।
- www.espotclub.com मार्फत बाट E-Spot Club को साझेदारहरू तथा E-Spot
Club को सदस्यहरू बिच आपसी
सम्बन्ध विस्तार गरी दवै पक्षलाई हित हुने कार्यक्रमहरू संचालन गरीनेछ ।
- www.espotclub.com मार्फत बाट E-Spot Club को साझेदारहरू बिच आपसी
सम्बन्ध विस्तार गरी दवै पक्षलाई
हित हुने कार्यक्रमहरू र गोष्ठीहरू संचालन गरीनेछ ।
- E-Spot Club को तर्फबाट साझेदारहरूको व्यापार व्यवसाय प्रवद्र्धनको
लागि विभिन्न किसिमको
कार्यक्रमहरू आयोजना तथा बिभिन्न माध्यमबाट बिज्ञापनको सेवा दिईनेछ ।
- E-Spot Club ले आफ्नो साझेदारहरूका शाखा, उपशाखाहरु विस्तार गर्न र
फ्रेंचाइजी मोडेल स्थापना गर्न
परामर्श तथा व्यवस्थापन सेवा प्रदान गर्नेछ।
- E-Spot Club ले आफ्नो साझेदारहरूको व्यापार व्यवसायमा आवश्यकता अनुसार
उन्नत आधुनिक प्रणाली तथा
व्यवस्थापनहरू कार्यान्वयन गर्न परामर्श तथा सेवा प्रदान गर्नेछ।
- E-Spot Club ले आफ्नो साझेदारहरूको वर्तमान वस्तु वा सेवा उत्पादनको
गुणस्तर वृद्धि गर्न, नयाँ वस्तु
वा सेवा उत्पादन सिर्जना गर्नुको साथै बजार व्यवस्थापन वृद्धि गर्न, खर्च कम गर्न, मुनाफा वृद्धि
गर्न र
व्यापार व्यवसायमा निरन्तर सफलता हासिल गर्न मार्गदर्शन र परामर्श सेवा तथा व्यवस्थापन सेवा प्रदान
गर्नेछ।